तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा भएको ट्रक दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भोजपुर। भोजपुरको पूर्वी अरुण गाउँपालिकामा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

अरुण गाउँपालिकाको वडा नम्बर ४ छेम्ताङमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोमबार बेलुका धरानबाट भोजपुर तर्फ आउँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रक धनी मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ का ४३ वर्षीय भेष बहादुर बस्नेतको घटनास्थल मै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ट्रक चालक अरुण गाउँपालिका वडा नम्बर ६ जरायोटारका २० वर्षीय जनक बहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइते खड्काको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button