तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त मुख्तार मियाँ ४ वर्षपछि पक्राउ

बीरगंज । ४ वर्षपछि जबरजस्ती करणी मुद्दाका फरार एक अभियुक्तलाई पर्सा प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको छ ।
पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी मुख्तार मियाँ अन्सारी सहित सोही गाउँका अन्सारी मियाँले गाउँकै ३४ बर्षिया एक महिलालाई सामूहिक बलात्कार गरी फरार भएका थिए ।
अभियुक्तहरूले २०७४ कार्तिक १२ गते दिउँसो घर नजिकै उखु खेतमा लगी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा फरार रहेका दुवै जनालाई पर्सा प्रहरीले खोजतलास गर्ने क्रममा भारतीय प्रहरीको समन्वयमा भारतबाट मुख्तार मियाँ अन्सारीलाई पक्राउ गरिएको र अर्का एक अन्सारी मियाँ भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका अभियुक्तलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास बीरगञ्जमा उपस्थित गराई पुर्पक्षका लागि वीरगंज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यता फरार अन्सारी मियाँको खोजतलास भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button