दमकलको ठक्करबाट २ जना घाइते
टीकापुर, कैलाली । टीकापुरमा दमकलले ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
टीकापुर नगरपालिकाको से १ ग ११४ नम्बरको दमकलको ठक्करबाट टीकापुर नगरापालिका वडा नं १ ब्लक नं. ९ का ४२ वर्षीय जनक साउद र बाढी पीडित शिविरका ५५ वर्षीय गहेन्द्र चौधरी घाइते भएका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर ४ वाघमारामा गहुमा लागेको आगो निभाउन गएको दमकलले ब्लक नंं १२ स्थित एक जना साइकलमा सवार र अर्को पैदल यात्रीलाई ठक्कर दिएको थियो । घाइतेको टाउको, घाँटी, खुट्टा र शरीरका अन्य भागमा समेत चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई टीकापुर अस्पतालमा उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । दमकल चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्