तपाईँ सुन्दै हुनुहुन्छः

खैरो हिरोइन सहित झापाबाट एक जना पक्राउ

झापा । प्रतिबन्धित लागू औषध खैरो हिरोइन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कचनकबल गाउँपालिका वडा नं. २ का २८ वर्षीय संजय लामा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साझ कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोइन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका लामा विरुद्ध जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button