तपाईँ सुन्दै हुनुहुन्छः

राससको सम्पर्क कार्यालय दोलखामा

राष्ट्रिय समाचार समिति (रासस) को चरिकोटमा नवस्थापित सम्पर्क कार्यालयको अवलोकन गर्न आउनुुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई स्वागत गर्दै राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ । तस्वीर : प्रभु जिरेल/रासस

दोलखा। राष्ट्रिय समाचार समिति (रासस)को नवस्थापित दोखला सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज बिहान अवलोकन गर्दै कार्यालय खोलेकाप्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ राष्ट्रिय समाचार समिति (रासस) को चरिकोटमा नवस्थापित सम्पर्क कार्यालयको अवलोकन गर्नेक्रममा सामूहिक तस्वीरमा । साथमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ तथा महाप्रबन्धक ओपेन्द्र शर्मालगायत । तस्वीर : प्रभु जिरेल/रासस

मन्त्री गुरुङले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष अधिकारीले उक्त कार्यालयलाई अब स्थानीय स्वामित्वको महत्वपूर्ण निकायका रुपमा स्थापित तथा विकास गर्न रासस सक्षम हुने भनाइ राख्नुभयो । महाप्रबन्धक शर्माले मन्त्रालय र भिमेश्वर नगरपालिका तथा जिल्ला समन्वय समितिको सहयोगका लागि आग्रह गर्नुभयो । उक्त सम्पर्क कार्यालयको प्रमुख प्रभु जिरेल रहनुभएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button