सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमा उजुरीकर्तासँग छलफल, संसदीय सुनुवाई बैशाख ३ गते हुने
काठमाडौं ।संसदीय सुनुवाई समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदी विरुद्ध परेको उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ ।
सिंहदरबारमा आज बसेको सुनुवाई समितिको बैठकमा प्रस्तावित न्यायाधीश डा. चुडाल र सुवेदी विरुद्ध परेका उजुरीमा उजुरीकर्तासँग छलफल गरेको हो ।समितिमा २ गोप्यसहित ७ वटा उजुरी परेकोमा ४ जना उजुरीकर्तासँग छलफल भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिले न्याय परिषद्बाट सिफारिस भएका सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीको आगामी बैशाख ३ गते संसदीय सुनुवाई गर्ने जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्