तपाईँ सुन्दै हुनुहुन्छः

भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर ७ को भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न भएको छ ।
खप्तड छान्ना गाउँपालिकाका १,७,८ र ९ नम्बर वडाका गोरखाली, धर्तिवाडा, कोरकाट्या, लामागडा र छानाका करिब ३ सय २० घरधुरी लाभान्वित भएका छन । खप्तड छान्ना गाउँपालिकाको आर्थिक सहयोगमा ३२ वाट क्षमताको भेराखानी लघु जलविद्युत आयोजना सम्पन्न भएको हो ।
उद्घाटन हुने भनेपछि लट्टीको सहारामा उद्घाटन कार्यक्रममा पुगेका खप्तड छान्ना गाउँपालिका–७ बिडाका ७३ वर्षीय राम बहादुर रोकायाले बुढेसकालमा आफ्नै हातले बिजुली बाल्न पाउँदा खुसी लागेको बताउनुभयो ।
गाउँमा बत्ती बलेपछि पढ्न सजिलो भएको दुग्देश्वरी प्राविकी कक्षा ४ मा अध्ययनरत पारु कुमारी जोशीले बताइन ।
कार्यक्रममा लघु जलविद्युतको दिगो व्यवस्थापनको लागी समेत वडाबाट हुने सहयोगमा आफु सदैव लागिपर्ने खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर सिंहले बताउनुभयो ।
करिब १ करोड ४९ लाख ६२ हजार ६ सय ५६ रुपैयाँ लगानीमा निर्माण भएको भेराखानी लघु जलविद्युत आयोजनाको शनिबार खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button