तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

पोखरा । विभागीय टिम एपीएफ क्लब १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औँ मिनेटमा आशिष लामाले गोल गरे भने अन्य गोल हुन नसकेपछि आशिषले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । आशिष खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । खेलमा स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर,  स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button