सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
दाङ । दाङको घोराही उपमहानगरपालिका–३ स्थित सडकमा लु. १ ख ९८६३ नम्बरको बस अनियन्त्रित भई शुक्रवार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा रुपन्देही सैनामैना नगरपालिका–१ बस्ने २८ वर्षीय यादव खनाल र सहचालक दाङ लमही नगरपालिका–९ बस्ने २९ वर्षीय अतिराम चौधरी रहेका छन् । साथै दुर्घटनामा घाइते भएका २ जनाको फ्लोरेन्स अस्पताल लमही, ६ जनाको लमही अस्पताल लमही र ३ जनाको सिडी अस्पताल लमही हुँदै थप उपचारको लागि जेनिस अस्पताल बुटवल रिफर गरिएको छ ।
चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्