तपाईँ सुन्दै हुनुहुन्छः

भलुवाही ब्यारेक राजविराजमा विपद्सम्बन्धी एक हप्ते तालिम सम्पन्न

सप्तरी । भीम दल गण भलुवाही ब्यारेक राजविराजले विपद्सम्बन्धी एक हप्ते तालिम सम्पन्न गरेको छ ।
तालिम विपद्को अवस्थामा जनधनको क्षति न्यूनीकरण गर्नेबारे, आगलागी, भूकम्प र बाढी पहिरोमा केन्द्रित रहेर सञ्चालन गरिएको भीम दल गणका प्रमुख सेनानी गणपति नीरज भण्डारीले जानकारी दिनुभयो ।
विपद्मा फसेका व्यक्तिहरूको उद्धार र तत्काल आवश्यक पर्ने प्राथमिक उपचार समेतको ज्ञान र सीपलाई तालिममा समेटिएको थियो ।
विपद् व्यवस्थापनमा खटिने तालिम प्राप्त फौजलाई कुशलतापूर्वक काम गर्न मद्दत मिल्ने गणका अधिकृत सहसेनानी आर्यन राणाले बताउनुभयो ।
उहाँका अनुसार तालिमले विपद् अवस्थामा उद्धारको विभिन्न तरिका र पद्धतिको बारेमा तालिममा सिकाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button