तपाईँ सुन्दै हुनुहुन्छः

ताइवान रेल दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको आशङ्का

ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ ।

यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।रासस– सिन्हवा

प्रतिक्रिया राख्नुहोस्

Back to top button