प्रसारणको क्षेत्रमा सूचना र समाचारको औपचारिक सुरुवात रेडियो नेपालबाट भएको हो : सचिव बस्याल

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले सूचना र समाचारको औपचारिक सुरुवात नेपालमा रेडियो नेपालले नै गरेको बताउनुभएको छ ।उहाँले नेपाल जस्तो साँस्कृतिक विविधता भएको मुलुकमा सामाजिक सद्भाव कायम गराउन रेडियो नेपालको भुमिका महत्त्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो । नेपालमा रेडियो नेपालले नै गरेको बताउनुभएको छ ।
नेपालमा प्रसारणको क्षेत्रमा सबैभन्दा जेठो संस्थाको रुपमा रहेको रेडियो नेपालको ७१ औँ वार्षिकोत्सव अवसरमा शुभकामना सन्देश दिँदै सचिव बस्यालले रेडियो नेपालले २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम प्रसारण गरी विविधता समेट्ने प्रयास गरेको बताउनुभयो ।
उहाँले नेपाल जस्तो साँस्कृतिक विविधता भएको मुलुकमा सामाजिक सद्भाव कायम गराउन रेडियो नेपालको भूमिका महत्त्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्