बम बिस्फोट बाट गम्भिर घाईते एक युवाको मृत्यु

बागलुङ । पश्चिम बागलुङको बडिगाड गाँउपालिकामा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएका मध्ये एक युवकको मृत्यु भएको छ ।
गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको लागि पाल्पा अस्पताल लैजाँदै गर्दा बटोमै मृत्यु भएको बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका बडिगाड गाउँपालिका २ का २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्