तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणना–२०७८ को तयारी सन्दर्भमा अन्तरक्रिया 

बर्दिया । राष्ट्रिय जनगणना–२०७८ को तयारी सन्दर्भमा जिल्लास्तरिय अन्तरक्रिया  गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला जनगणना कार्यालय बर्दियाले आयोजना गरेको गोष्ठीमा राष्ट्रिय जनगणना–२०७८ को तयारीका लागि जिल्लाका सरोकारवाला निकायसँग आवश्यक राय सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्षतामा भएको गोष्ठीमा तथ्याङ्क कार्यालय बर्दियाका प्रमुख दान बहादुर ऐडीले जनगणनाको इतिहास, वर्तमान अवस्था, जनगणनामा समेटिने विषयवस्तु लगायतका विषयमा प्रकाश पार्नभयो ।

कार्यक्रममा राष्ट्रिय जनगणना–२०७८ को प्रस्तावित प्रचार प्रसारका योजना, बर्दियामा सो कार्यका लागि खट्ने जनशक्तिको बाँडफाँड लगायतका विषयमा जानकारी गराइएको थियो ।

बर्दियामा ४ वटा स्थान गुलरीया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र  बासगढी नगरपालिकामा जनगणना स्थानीय कार्यालय सञ्चालन गरी निश्चित सीमानामा गई तथ्याङ्क सङ्कलन गर्ने जनाइएको छ ।

राष्ट्रिय जनगणना–२०७८ का लागि बर्दियामा ५ सय गणक र १ सय १६ जना सुपरिवेक्षक खटाइने प्रमुख एडीले बताउनुभयो ।

कार्यक्रम बारे जानकारी दिँदै प्रमुख ऐडीले अगामी जनगणना–२०७८ को तयारीका निम्ति वैशाख २६ गतेदेखि ज्येष्ठ १४ गतेसम्म जिल्लाका सबै स्थानमा सुपरिवेक्षक टिमले हरे घरपरिवारको सूचीकरण फारम भर्ने र गणक टिमले ज्येष्ठ २५ गतेदेखि असार ८ गतेसम्म घर घरमा गएर तथ्याङ्क सङ्कलन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button