तपाईँ सुन्दै हुनुहुन्छः

हिमचितुवा संरक्षणका सम्बन्धमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा हिमचितुवा संरक्षणका सम्बन्धमा छलफल भएको छ ।
बैठकमा डब्लु डब्लु एफ का नेपाल प्रमुख डा. घनश्याम गुरुङले हिमचितुवा संरक्षण र राहतको सम्बन्धमा समितिलाई जानकारी गराउनुभयो
बैठकमा हिमचितुवा र वातावरण संरक्षणका लागि संस्थाले अवलम्बन गरेका नीति र कार्यक्रम पनि प्रस्तुत गर्नुभयो ।
बैठकमा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफमा उहाँले हिमचितुवाहरूले अहिले वासस्थान परिवर्तन गर्न सुरु गरेको र मानव र वन्यजन्तुको सम्बन्धका बारेमा पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button