तोलामा नौ सयले बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा नौ सय रुपैयाँले बढेको छ । यसअघि निरन्तर ओरालो लागेको सुनको मूल्य आज एकैपटक झन्डै एक हजारले वृद्धि भएको हो ।
बुधबार ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
बिहीबार चाँदीको भाउ पनि प्रति तोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्