सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरु विरुद्ध सात रुजुरी
काठमाडौँ । संसदीय सुनुवाई समितिमा सर्वाेच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्बाट प्रस्तावित न्यायाधीशहरु विरुद्ध सात वटा उजुरी परेको छ ।
सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदी विरुद्ध ७ वटा उजुरी समितिमा प्राप्त भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।सिंहदरबारमा आज बसेको सुनुवाई समितिको बैठकले उजुरी अध्ययनका लागि समितिका सांसदहरुलाई वितरण गरेको छ ।
संसदीय सुनुवाई समितिले सर्वाेच्च अदालतका न्यायाधीशका लागि सिफारिस हुनु भएका न्यायाधीश डा. चुडाल र सुवेदी विरुद्ध उजुरी हाल्ने उजुरी कर्तासँग यही चैत २२ गते छलफल गरेर २५ गते सुनुवाई गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्