तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाको बैठक चैत २५ गतेबाट

 पोखरा गण्डकी । प्रदेश सभाको बैठक चैत २५ गतेबाट बस्ने भएको छ । ६ महिनाभित्र संसद बैठक बोलाउनुपर्ने कानुनी व्यवस्था अनुसार २५ गतेबाट विधेयक अधिवेशन चलाउने प्रदेश सरकारले निर्णय गरेको हो ।

असोज २६ गते गण्डकी प्रदेशसभाको बजेट अधिवेशन सकिएको थियो । चैत २६ गते संसदको बैठक स्थगित भएको ६ महिना पूरा हुदैछ । त्योभन्दा अघिल्लो दिनबाट बैठक बोलाउन प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

संसद सचिवालयमा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमात्र दर्ता भएको छ ।कोभिड लगायतका विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टीले माग गरेपछि पुस २१ गते माघ ६ गतेसम्म विशेष अधिवेशन चलेको थियो । विशेष अधिवेशनमा सार्वजनिक जरुरी महत्वको प्रस्ताव र साझा संकल्प प्रस्ताव दर्ता भएका थिए ।

निर्वाचन आयोगको गण्डकी प्रदेश स्तरिय कार्यालय स्थापना
निर्वाचन आयोगको गण्डकी प्रदेश स्तरिय कार्यालय पोखरामा स्थापना भएको छ । मन्त्रिपरिषद्को १० माघको बैठकले निर्वाचन आयोग अन्तर्गत सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत गरेको अनुरुप जिल्ला निर्वाचन कार्यालय रहेकै कार्यालयलाई प्रदेश कार्यालयका रुपमा स्थापना गरिएको हो ।

उक्त कार्यालयको भर्चुअल मार्फत बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै थपलियाले निर्वाचनको तयारी गरिराख्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

नियमित रुपमा हुने चुनाव पनि धेरै टाढा नरहेको बताउदै सीमित कर्मचारी र स्रोधसाधनमा रहेर काम कार्बाहीलाई चुस्त दुरुस्त पर्नुपर्नेमा जोडदिनुभयो । कार्यालयमा उपसचिवको नेतृत्वमा तत्कालको लागि ९ जना कर्मचारी रहने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button