महोत्तरीमा गोली प्रहार एक घाईते

बर्दिवास। महोत्तरीको औरही नगरपालिका ६ बैरीयामा गएराती अज्ञात समूहको गोली प्रहारबाट एकजना युवक घाइते भएका छन् ।
औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ निवासी ३० बर्षिय रोशन कोइराला घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गोली प्रहारबाट घाईते भएका कोईराला वाइसीएल बर्दिवासका नगर उपाध्यक्ष समेत हुन् ।
मोटरसाईकलमा सवार कोइराला बर्दिवास तर्फ फर्किदै गर्दा मोटरसाईलकमा दुईजना सवार भई आएका व्यक्तीहरुले गोली प्रहार गरेको घाईते कोइरालाले जानकारी दिएका छन् । कोइरालाको हात र कम्मरमा गोली लागेको छ ।
घाईते कोइरालाको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं लगिएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।
घाईते कोईरालाका अनुसार गोली प्रहारमा संलग्नको पहिचान भएपनी उनीहरु फरार रहेको र एक जनालाई गौशाला प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तीको पहिचान खुलाईएको छैन भने घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्