नेप्से सूचक २६१९.०२ विन्दुमा

काठमाडौँ । शेयर बजार मापक नेप्से सूचक हालसम्मकै उच्च विन्दु नजिक पुगेको छ । यसअघि नेप्सेले २६४० विन्दुको रेकर्ड कायम गरेको थियो । बुधवार नेप्से सूचक ४३ अङ्कले बढेर उच्च विन्दु नजिक पुगेको हो ।
बुधवार नेप्से सूचक ४३.३६ अङ्कले बढेर २६१९.०२ विन्दुमा पुगेको छ । यस दिन कारोबार रकम ६ अर्ब माथि पुगेको छ । बुधवार टिएमएसमा समस्या आएर लगानीकर्ताले राम्रोसँग कारोबार गर्न नपाए पनि कारोबार रकम भने उच्च नै देखिएको छ । यस दिन २०९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा किनबेच भएका छन् ।
यस दिन व्यापार उपसमूह बाहेकका कारोबारमा आएका १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । बुधवार बैंकिङ्ग र निर्जीवन बिमा उपसमूहको सूचकमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्