बालाजी ग्लास प्रालिलाई ५ सय प्रतिशतभन्दा बढी जरिवाना
वीरगञ्ज । वीरगन्जस्थित बालाजी ग्लास प्रालि लाई श्रीसिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले सिसा आयात गर्दा कर छल्ने प्रयास गरेको भन्दै पाँच सय प्रतिशतभन्दा बढी जरिवाना गरेको छ ।कम्पनीले आयात गरेको सिसाको आकार र परिमाण भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई २ करोड ३९ लाख २० हजार रुपैयाँ जरिबाना गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा.लालबहादुर खत्रीले बताउनुभयो ।
बालाजी ग्लास प्रालि वीरगन्जलाई पहिलो चरणको जरिबाना गरिएको र उसले यस अघि कर छली गरे नगरेकोबारे थप अनुसन्धान प्रक्रियामा रहेको भन्सार कार्यालय प्रमुख डा.लालबहादुर खत्रीले बताउनुभयो ।
आयातकर्ताले कर छली गर्ने उद्देश्यका साथ सिसाको मोटाइ ढाँटेकोमा दुई सय प्रतिशत र सिसाको आयात नै फरक परेपछि सो अभियोगमा थप तीन सय प्रतिशत गरी पाँच सय प्रतिशत जरिबाना गरिएको भन्सार प्रमुख खत्रीले बताउनुभयो ।
राजश्व छलीका लागी बालाजी ग्लास प्रालिले पाँच एमएमको सिसा आयात गरेर भन्सारमा भने चार एमएमको भने ढाँटेको र आयातको परिणाम उल्लेख गरिएको भन्दा पाँच सय ३५ स्क्वायर मिटर बढी सिसा भित्राएको भेटिएपछि सिसाको एमएम घटाएर भन्सार छली गर्न खोजेको आरोपमा ९२ लाख ९६ हजार जरिवाना र घोषणा गरिएको भन्दा बढी परिमाणमा सामान भित्राएको अभियोगमा भन्सार ऐन अन्तर्गत १ करोड ४६ लाख २४ हजार रुपैयाँ जरिबाना गरिएको भन्सार प्रमुख खत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्