बागलुङको बडिगाड घटना : ५ जना पक्राउ
बागलुङ । बागलुङको बडिगाड गाँउपालिकाकामा होली खेल्ने क्रममा दुई युवाको मृत्यु भएको घटनामा संलग्न भएको आशंकमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
घटना भएको तीन दिनपछि पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
होली पर्व मनाउने क्रममा झडप हुँदा भीरबाट खसालेर दुई जनाको मृत्यु भएको र अनुसन्धानका लागि हालसम्म पाँच जना पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएकाहरुको पहिचान भने खुलाइएको छैन ।
अनुसन्धानलाई प्रभावित पर्ने भएकाले उनिहरुको नाम र ठेगाना सार्वजनिक नगरिएको प्रहरी नायव उपरीक्षक हवारीले बताउनुभयो ।
घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेपछि मात्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उहाँको भनाई छ ।
आइतबार होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रंग लगाइदिँदा भएको झडपमा निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइले ज्यान गुमाएका थिए ।
उनीहको शव घटनास्थल भन्दा करिब ५ सय मिटर तल जंगलमा फेला परेको थियो ।
घटनामा ज्यान गुमाएका दुई जनाको पोष्टमार्टम गरिएको छ । परिवारको सहमतिमा उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्