तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक बनमा तार जाली लगाउन सुरु 

बारा । बारामा मानव र बन्यजन्तबीच हुने द्वन्द्व न्यूनीकरण गर्न तार जाली बार  लगाउने कार्य सुरु गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति मातहत रहेको ४ वटै सामुदायिक बन समूहको कार्य क्षेत्रमा मानव र बन्यजन्तुबीच बेला–बेलामा हुने द्वन्द्व न्यूनीकरण गर्न तार जाली लगाउन सुरु गरिएको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरणमा राधाकृष्ण सामुदायिक बन उपभोक्ता समूहको बस्ती र जङ्गलको सिमानामा तार जाली लगाउन तीन लाख र मुसहर्निमाई माई सामुदायिक बन उपभोक्ता समूहको बस्ती र जङ्गलको सिमानामा तार जाली लगाउन दुई लाख १ हजार २ सय ५० रुपैयाँ वितरण गरिएको छ ।

भीमेश्वर सामुदायिक बन र जनजागरण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुुह क्षेत्रका बनहरूमा पनि चाडै तार जाली लगाउने कार्य योजना लागु हुने जनहित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button