दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बारा । बाराको कोल्हबीमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नं.१ निकासमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
ना५४प ६८५१ नम्बरको मोटरसाइकल र ज७प ६०३६ नम्बरको मोटरसाइकले एक–आपसमा ठोक्किएका थियो ।
मृत्यु हुनेमा ६८५१ मोटरसाइकल नम्बरका चालक कोल्हबी नगरपालिका वडा नं.६ अधनवाका १८ वर्षीय विकास चौधरीको रहेका छन् ।
गम्भीर घाइते रहेका सोही मोटरसाइकलमा पछाडि बस्ने ४५ वर्षीय रामचन्द्र चौधरीको पारस अस्पताल कोल्हबीमा उपचार भइरहेको छ ।
अर्को मोटरसाइकल चालक फरार भएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्