गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अछाममा रकम सङ्कलन

अछाम । चितवनमा निर्माण भइरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अछाम जिल्लामा पनि आर्थिक रकम सङ्कलनको अभियान थालिएको छ ।
सदरमुकाम मंगलसेनबाट नयाँ तारा कला सागर अछामको नेतृत्वमा सामाजिक अभियन्ता युवाहरूले आर्थिक सङ्कलनको थालनी गरेका हुन ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण हुन लागेको रङ्गशालाका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल धुर्मुसले मेची महाकाली आर्थिक सङ्कलन अभियानको थालनी गरेपछि उहाँ अछाम पुगेपछि हस्तान्तरणका लागि आर्थिक सङ्कलन अभियानको थालनी गरिएको हो ।
सदरमुकाम मंगलसेन बजारमा व्यापारी, समाजसेवी, बुद्धिजीवीको सहयोगमा पहिलो दिन १८ हजार ४ सय १० रकम सार्वजनिक गरिएको सामाजिक अभियन्ता तथा आर्थिक सङ्कलन अभियानका संयोजक रिदम बिसिले जानकारी दिनु भयो । रकम सङ्कलन अभियान जारी राख्ने अर्का अभियन्ता दिपा भण्डारीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्