तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: दुई संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेस

 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलेको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्वाहाङ्फेले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र “राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेस र “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७” पेस गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button