तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रिय जनगणनाको तयारी र भावी कार्य योजना बारे छलफल’

काठमाडौँ । राष्ट्रियसभा सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना–२०७८ को तयारी र भावी कार्य योजनाका बारेमा छलफल भएको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्यहरूले प्रश्न पत्र बनाउँदा सरल र सहज बनाउन तथ्याङ्क विभागको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरूले तथ्याङ्क सङ्कलनका क्रममा विगतमा भएका कमीकमजोरी महसुस गर्दै तथ्याङ्क सङ्कलनको क्रममा कोही पनि नछुट्ने र नदोहोरिने गरी काम सम्पन्न हुनुपर्ने बताउनुभयो

गरिबी पहिचान र बसोबासको तथ्याङ्क जस्ता विषयमा विशेष ध्यान दिन तथ्याङ्क विभागको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा तथ्याङ्क विभागका महानिर्देशक नेब्मीलाल श्रेष्ठले हालसम्म भएको कामको बारेमा समितिलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button