सरकारको काम र पछिल्लो राजनीतिक घटनाक्रमबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले गरिरहेको काम, पछिल्लो राजनीतिक घटनाक्रम र राजनीतिक दलको विषयमा सर्वोच्चको फैसला लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बैठकमा नेकपा एमालेका सचेतक शान्ता चौधरीले विरोधका लागि मात्रै सरकारको विरोध नगरी सरकारले देशको समृद्धि र विकासका लागि गरिरहेका राम्रा कामहरुको समर्थन गर्न सबैले सक्नु पर्ने बताउनुभयो ।
उहाँले मेलम्चीको पानी काठमाडौंमा ल्याउने, देश सुरुङ मार्गमा प्रवेश गराउने, भूकम्पछि पुर्नर्निमाणले तिव्रता पाएको, तुइन विस्थापन भएको, आधुनिक सडक निर्माण र पुल निर्माण गरेको जस्ता सकारात्मक कामको जो कोहीले समर्थन गर्नु पर्ने बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले तत्कालै निर्वाचन चाहनुभन्दा पनि आर्थिक मन्दीबाट राहत, विकास निर्माण र समृद्धि खोजेका स्पष्ट पार्नुभयो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च आदालतबाट दल विभाजन गर्ने गरीे फैसला आएकाले प्रधानमन्त्रीले तीस दिन भित्र विश्वासको मत नलिए वर्तमान सरकाको संवैधानिक हैसियतका विषयमा प्रश्न उठ्ने बताउनुभयो ।
विशेष समयमा जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले कोरोना महामरी र बढ्दो प्रदुषणका विषयमा गम्भिर बन्नु पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकको शुन्य समयमा सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्रीले केही समय अघि आफूमाथि गम्भिर सुरक्षा खतारा रहेको र भौतिक आक्रमण हुनसक्ने भनेर दिएको अभिब्यक्तिको विषयलाई यथाशिघ्र संसद्मा स्पष्ट पार्न माग गर्नुभयो ।
सांसदहरुले कोरोना संक्रमण बढिरहेको विषयमा थप अनुसन्धान र थप सर्तकताका लागि भइरहेका काम कारबाहीबारे सरकारसँग जिज्ञासा राख्नुभयो ।
विशेष समयममा सांसदहरुले बिस्तृत शान्ति सम्झौताका बाँकी काम पुरा गर्न भैरहेका काम र सत्य निरुपण तथा मेलमिलाप आयोगको हालसम्मको काम सार्वजनिक गर्न माग समेत गर्नुभएको छ ।
उहाँहरुले बाग्लुङको अस्ति फागु पूर्णिमाका दिनमा वडिगाउँ गाउपलिकामा हिंसात्मक घटनामा नेपाली कांग्रेसका दुई कार्यकर्ताको मृत्यु भएको विषयमा अविलम्ब छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग समेत गुर्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्