तपाईँ सुन्दै हुनुहुन्छः

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

काठमाडौँ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गर्नुभएको थियो ।

बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गर्नुभएको थियो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button