हिजोदेखि वेपत्ता भएका ७ बालिका–किशोरी विहारको सीतामढीमा फेला

बर्दिवास ।महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत विहारको सीतामढीमा फेला परेका छन् ।
मंगलबारदेखि हराएका भनिएका बालिकाहरू भारतको सीतामढी स्थित रेल्वे स्टेशनमा फेला परेको भंगहाका मेयर सञ्जीव साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतीय प्रहरीको समन्वयमा बालिका तथा किशोरीहरूलाई अहिले नेपाल ल्याउने तयारी भइरहेको छ ।
‘उनीहरू भारत विहारको सीतामढीमा फेला परेका छन् । घर ल्याउन लागिएको छ ‘ मेयर साहले भन्नुभयो ।स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मङ्गलवार दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएकी थिइन् । अस्मिता पासवान उच्च मा.वि. भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् ।
यस्तै रिया र ज्योतिकक्षा – ८ मा, सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ । अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साहसहितको टोली धर्मपुर बस्ती पुगेका छन् ।
किशोरी तथा बालिकाहरू कसरी त्यहाँ पुगेभन्ने बारे अझै केही नसकेको मेयर साहले बताउनुभयो ।
यो पनि हेर्नुहोस् :








प्रतिक्रिया राख्नुहोस्