तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय राष्ट्रपति कोविन्दको सल्यक्रिया सफलतापूर्वक सम्पन्न

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले मङ्गलबार जानकारी गराएको छ ।

“भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,” संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा पुष्टि गर्नुभएको छ ।

गत हप्ता, राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँ दिल्ली मा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो । पछि उहाँलाई उपचारका लागि एम्समा सारिएको थियो । चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट सल्यक्रिया गर्न दिएको सल्लाह बमोजिम उहाँको मुटुको शल्यक्रिया भएको हो ।

उपचारमा सम्लग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति काविन्दको मुटुकोे सफल शल्यक्रिया भइसकेको र उहाँको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको सिन्ह्वासँग बताए ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button