तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा डढेलो भयाबह बन्दै

पाल्पा । यो सुख्खा याममा पाल्पामा डढेलोले भयाबह रुप लिदै गएको छ । जिल्लाको तानसेनका १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ ।

रिब्दीकोटमा सबैभन्दा धेरै ४ सय ७९ हेक्टर जंगल डढेलोबाट सखाप भएको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो । डढेलोले जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको तिनाउ वन समन्वय समितिका पूर्वअध्यक्ष अमर प्रधानको भनाई छ ।

खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । रैनादेवी छहरा–७ बल्ढेङगढीका उपभोक्ता रमेश खड्काले डढेलो नियन्त्रण गर्न खोज्दाखोज्दै नसकिएको बताउनुभयो ।

डिभिजन वन, सबडिभिजन वन कार्यालयले जंगलमा लाग्ने डढेलोविरुद्धमा सचेतना कार्यक्रम गर्दै आएको छ । तर डढेलो लाग्न भने रोकिएको छैन ।

तिनाउ गाउँपालिका अन्तर्गत तिनाउ वन समन्वय समितिले ८७ वटा सामुदायिक वन उपभोक्ता समूहको भेला बोलाएर ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहको अग्रसरता’ विषय ¥याली तथा सभा आयोजना गरेको छ । तिनाउमा ८७ मध्ये ५० बढी सामुदायिक वन चुरे क्षेत्रमा पर्छ । तिनाउकै चुरे क्षेत्रमा बढी आगलागी हुने गर्छ ।

डढेलाले प्रदूषण बढेपछि बालबालिकालाई रूघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा समस्य देखिन थालेको चिकित्सकहरु बताउछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button