तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको गौशालामा ‘उद्योग ग्राम’ बन्दैँ

बर्दिवास । महोत्तरीको गौशाला नगरपालिका ‘उद्योग ग्राम’ बन्ने भएको छ । जिल्लाको गौशालामा पहिलो ‘उद्योग ग्राम’ निर्माणका लागी गौशाला नगरपालिका तथा उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालय बीच लिखित सम्झौता भएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताउनुभयो ।

उद्योग मन्त्रालयका सह–सचिव बलराम रिजाल र गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

गौशाला नगरपालिकाले ६ महिना अघि उद्योग ग्राम निर्माणका लािग डीपिआर तयार गरि उद्योग मन्त्रालयमा बुझाएको थियो । उद्योग ग्रामको पूर्वधार निर्माका लागि ३३ करोड खर्च हुने अनुमान गरिएको छ ।

‘पहिलो चरणमा उद्योग ग्राम निर्माणका लागि उद्योग मन्त्रालयले ९२ लाख रकम गौशाला नगरपालिकाको खातामा पठाएको छ,’ गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रजंग थापाले भन्नुभयो ।

गौशाला नगरपालिका वडा नम्बर ८ बेलगाछीस्थित सोनी खोला नजिकै रहेको १२ विघा सार्वजनिक जग्गामा उद्योग ग्राम निमार्ण हुन लागेको छ ।

असार मसान्त भित्रैमा उद्योग ग्रामका लागि प्रस्तावित जग्गाको घेराबेरा, प्रशासनिक तथा सुरक्षा भवन निर्माण, विधुतको व्यवस्थापन, संचार, बाटोघाटो, स्वास्थ्य चौकी लगायत उद्योग ग्रामलाई चाहिने आधारभूत पूर्वधार निर्माणका लागि सार्वजनिक बोलपत्र अह्वान गरिन लागेको मेयर शिवनाथ महतोले बताउनुभयो ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद् गिरिराजमणी पोखरेलको पहलमा उद्योग ग्राम गौशालामा निर्माण हुन लगेको हो ।

उद्योग ग्रामको सबै पूर्वधार निर्माण भएपछि उद्योग संचालन गर्न चाहने उद्योगीलाई गौशाला नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । जग्गा उपलब्ध गराएबापत उद्योगीले नगरपालिकालाई तोकिएको अनुसार कर तिर्नु पर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button