एकै टोलका ७ वालिका–किशोरी एकैपटक बेपत्ता

बर्दिवास । महोत्तरीको भंगाहा नगरपालिका ८ धरमपुरमा घाँस काट्न गएका ६ वालिका र दुई किशोरी मङ्गलवार दिउँसोदेखि बेपत्ता छन् । बेपत्ताहुनेहरुमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् उनीहरू हिजो बिहान करिब ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए ।
मङ्गलवार दिउँसो ७ जना किशोरी तथा बालिका समूहमा घाँस काट्न गएको उनीहरू अहिलेसम्म सम्पर्कमा छैनन् ।
हिजो साँझदेखि नै स्थानीय प्रतिनिधिसहितको टोली खोजी कार्यमा लागे पनि फेला पार्न नसकिएको भंगाहा नगरपालिकाका नगरप्रमुख सञ्जीव कुमार साहल बताउनुभयो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले युवतीहरूको खोजी भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्