तपाईँ सुन्दै हुनुहुन्छः

इनरुवाको पहिचान झल्काउने इनारको उद्घाटन

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाको पहिचान झल्काउने इनारको प्रतीक बनाएर मङ्गलवार उद्घाटन गरिएको छ ।

इनरुवा नगरपालिका वार्ड नं. १ को लोकतान्त्रिक चौकमा इनरुवाको पहिचान झल्किने किसिम इनारको प्रतीक निर्माण गरी उद्घाटन गरिएको हो ।

पाँच दशक अघिसम्म खानेपानीको लागि स्थानीयहरूले निर्माण गरिएको इनार र कुवाले भरिएको अनि इनारै इनार भएको क्षेत्रको रुपमा इनरुवाको नामाकरण समेत भएको ठहर गर्दै इनरुवाको पहिचान बोकेको इनार निर्माण गरिएको हो ।

इनार पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेकोले त्यसको संरक्षण र पहिचान समेत स्थापित हुने गरी इनरुवाको प्रतीक इनार निर्माण गरी इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले उद्घाटन गर्नुभयो ।

मेहताले इनरुवाको प्रतीक इनार मात्र नभई घण्टाघर, शिव मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर लगायतका विभिन्न वडाका पहिचान झल्किने तस्बिरहरू समेत निर्माणको चरणमा रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम मेहता, नागरिक समाजका पुरुषोत्तम घिमिरे, इनरुवा नगरपालिका वार्ड नं. १ का वडाध्यक्ष रामचन्द्र पौद्धार, इनरुवा नापा ५ का वडाध्यक्ष अन्जनी पोखरेल, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र साह लगायतका उपस्थिति रहेको थियो ।

उद्घाटन समारोह इनरुवाको प्रतीक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button