कपडा च्यातेको विषयमा विवाद हुँदा एक महिलाको मृत्यु
बारा । बारामा होलीको समयमा ग्याङ फाईटमा परी एक महिलाको मृत्यु भएको छ ।
कपडा च्यातेको विषयमा कलैया उपमहानगरपालिका वडा नं.२३ मा ग्याङ फाइट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षिया महिला सन्जनादेवीको मृत्यु भएको हो । झडपमा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा गिर्जा देवी, रामदेव शाह, राजेश साह, बिन्देश्वर साह, अम्बिका साह र रामप्रसाद साह रहेका छन् । प्रहरीले अनुसन्धान को लागि ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्