भिमादकी एक महिला कोठाभित्रै मृत फेला
तनहुँ । तनहुँको भिमाद घर भई पोखरा बस्ने शान्तिमाया राना कोठाभित्रै मृत अवस्थामा मृत फेला परेकी छन् ।
पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित रुद्रमाया गिरीको घरमा डेरा गरी बस्ने ६० वर्षीया राना मृत फेला परेको प्रहरीले जनाएको छ ।
दुई तीन दिनदेखि बाहिर ननिस्किएपछि झ्यालबाट हेर्दा भित्रबाट चुक्कुल लगाई कोठाको बिस्तारामा झुल लगाई सुतेको अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्