तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

कञ्चनपुर ।कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा मंगलबार दुई जना पुरूषको शव फेला परेका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुर घरभई महाकाली अस्पतालमा कार्यालय सहयोगीको रूपमा कार्यरत २८ वर्षीय नरेश सार्कीको शव घर नजिकै राधा नदि किनारमा रहेको रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट बस्ने ७२ वर्षीय वृद्ध केशर रानाको शव पनि घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । दुवै घटनास्थलमा जाँचबुझ कार्य गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मृतक नरेश सार्कीको शव परीक्षणका लागि महेन्द्रनगर स्थित महाकाली अस्पतालमा र मृतक केशर रानाको शव परीक्षणका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button