तपाईँ सुन्दै हुनुहुन्छः

स्वमुल्याङकन नतिजा प्रकाशनमा साल्पासिलिछो बन्यो भोजपुरकै पहिलो पालिका


भोजपुर । स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङकन नतिजा प्रकाशन गर्नेमा भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका पहिलो गाउँपालिका बनेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारबाट आयोजित आर्थिक बर्ष २०७६/०७७ मा स्थानीय तहले गरेका कामको विषयमा १० वटा सूचक मार्फत क्षमता मापन गरी निकालिएको स्वमुल्याङकन नतिजा प्रकाशन गर्नेमा भोजपुरका ७ स्थानीय तह मध्ये उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका पहिलो पालिका बनेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विज्ञ नारायण कोइरालाले बताउनुभयो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङकनको नतिजा भने गाउँ कार्यपालिका बैठकबाट अनुमोदन गरी सोमबार सार्वजनिक गरिएको थियो । गाउँपालिकाले १ सय पुर्णाङकमा ६४.७५ प्रतिशत प्राप्त गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष महेश राई, उपाध्यक्ष धनमाया राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत जगरनाथ प्रसाद शाह, वडाअध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि देशभरका स्थानीय तहलाई चैत्र मसान्तसम्ममा नतिजा प्रकाश गर्न पत्रचार समेत गरिसकेको मन्त्रालयका शाखा अधिकृत बाबुनन्दन मेहताले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण मन्त्रालयका द्वय नारायण कोइराला र बाबुनन्दन मेहताले गर्नु भएको गाउँपालिकामा कार्यरत कर्मचारी सरिता राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button