तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चको फैसला पुनरावलोकन हुने विश्वास : प्रचण्ड

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला पुनरावलोकन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलामाथि पुनरावलोकन निवेदन दिएलगत्तै आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले उक्त फैसला अप्राकृतिक, अस्वाभाविक र राजनीतिक प्रकृतिको भएकोले पुनरावलोकन मार्फत सच्चिने विश्वस्त रहेको बताउनुभयो ।उहाँले सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएर पार्टीहरूको आन्तरिक एकता भत्काउन राजनीतिक फैसला गरेकाले यसअघिका यस्तै प्रकृतिका फैसला पुनरावलोकन भएको भन्दै यो फैसला पनि सच्चिने टिप्पणी गर्नुभयो ।

पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, जनार्दन शर्मालगायत सर्वोच्च अदालत पुग्नुभएको थियो ।नेपाल कम्युनिष्ट पार्टी नाम कसको हुने भन्ने मुद्दाको फैसला गर्दै फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताइदिएका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button