तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य पाँच सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । सोमबार चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button