सल्यानका ५८ प्रतिशत उपभोक्तामा मात्र स्वच्छ खानेपानीको पहुँच

सल्यान । सल्यानका ५८ प्रतिशत नागरिक मात्र स्वच्छ खानेपानीको पहुँच भित्र रहेका छन् । पहाडी इलाका र सुख्खा डाँडापाखा भएका कारण पानीको मुहान सुक्दै जानु र डाँडापाखाका बस्तीमा खानेपानी पु¥याउन कठिन भएकै कारण ५८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँच भित्र रहेका हुन् ।
बाँकी ४२ प्रतिशत नागरिक खानेपानीको आंशिक पहुँचमा रहेका छन् । ४८ प्रतिशत भित्र पनि १५ हजार नागरिक पूर्ण रुपमा खानेपानीबाट वञ्चित भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानले जनाएको छ ।
छरिएर रहेका बस्तीमा खानेपानीको स्रोत नभएकाले विकल्पको रुपमा अहिले धमाधम लिफ्ट प्रविधि मार्फत खानेपानी पु¥याउन पहल भई रहेको कार्यालय प्रमुख पदमराज देवकोटाको भनाई छ । २०६८ सालको जनगणना अनुसार सल्यानमा करिब २ लाख ४४ हजार जनसङ्ख्या मध्ये ५८ प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी प्राप्त गरेका छन् । खानेपानी व्यवस्थापन गर्न बजेट कम भएकाले कतिपय आयोजना समयमै सम्पन्न हुन नसक्दा पनि नागरिकको पहुँचमा खानेपानी पु¥याउन कठिन भएको उहाँले बताउनुभयो ।
यसवर्ष जिल्लामा ४२ वटा खानेपानीको योजना मध्य ७ वटा योजना सम्पन्न भई सकेका छन् । बाँकी ३५ वटा योजना निर्माणाधीन अवस्थामा रहेको र २६ वटा योजना लिफ्ट प्रविधिबाट सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
सल्यान जिल्ला सुख्खा ग्रस्त क्षेत्र भएको र पानीका मुहानहरू पनि पर्याप्त मात्रामा नभएका कारण जिल्लाका नागरिकले कष्टकर जीवन बिताउन बाध्य रहेको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टले बताउनुभयो । स्वच्छ पिउने पानी नागरिकको स्वास्थ्यसँग जोडिएको भए पनि स्थानीय तहले भने खानेपानीको योजनाहरूमा खासै ध्यान नदिएको उहाँको भनाई छ । स्थानीय तह र प्रदेश तथा सङ्घीय सरकारसँग तालमेल नमिल्दा पनि खानेपानीको योजनाहरूमा काम हुन नसकेको विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्