तपाईँ सुन्दै हुनुहुन्छः

सालको काठसहित चार पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० बाट अवैध सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय जोगीहिडीस्थित श्री पालुङगैरा सामुदायिक वनबाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा ना६त ५८६३ नम्बर ट्याक्टरसहित आज उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० जोगीडिहीका २५ वर्षीय अनिल लामा, २५ वर्षीय सुनिल लामा, ३० वर्षीय सोनाम लामा र ट्याक्टर चालक सिरान चोक गाउँपालिका–४ का २९ वर्षीय सुजन सुनार रहेका छन् ।  ट्याक्टरमा राखेर अवैध रुपमा विक्रीका लागि राखिएको साल जातको काठ विभिन्न साइजको गोलिया १० थान र चिलाउने जातको विभिन्न साइजको गोलिया दुई थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखामा बुझाइएको उहाँको भनाइ छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button