बझाङमा हावाहुरीका कारण लाखौँको क्षति
बझाङ । बझाङमा सोमबार दिउसो चलेको हावाहुरीबाट लाखौँको क्षति भएको छ । हुरीले मयाना खोप केन्द्र राखिएको भवनको छानो उडाएको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ११ मा रहेको धौल्देव प्राविमा रहेको मयाना खोप केन्द्रको भवनको पाखामा हालेको टिन पनि हावाहुरीले उडाएको छ । टिन उडाएपछि सेवा समस्या हुने धौल्देव प्राविका प्रधानाध्यापक टेक धामीले बताउनुभयो ।
त्यस्तै खप्तड छान्ना गाउँपालीका वडा नं.७ को गोर्खाली गाउँमा दिउँसो २ बजेदेखि करिब ५ बजेसम्म ३ घण्टा लगातार चलेको हावाहुरीका कारण लाखौँको क्षति भएको हो ।
खप्तडछान्ना गाउँपालिका वडा नं. ७ मै रहेको गोर्खाली आधारभूत विद्यालयको पोषण कार्यक्रम अन्तरगत खाजा पकाउने भान्सा कोठाको टिको छाना पनि हुरीले उडाएको छ भने गाउँमा तरकारी उत्पादनका लागी स्थानीयले बनाएका टनेलहरू सबै उडेका छन् ।
दिउँसो एक्कासि चलेको हावाहुरीले १५ लाख बराबरको क्षति भएको स्थानीय मङ्गल बहादुर खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्