तपाईँ सुन्दै हुनुहुन्छः

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणकोे प्रवक्तामा सन्तोष पौडेल नियुक्त हुनुभएको छ । प्राधिकरणका निर्देशक रहनुभएका पौडेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहनुभएको छ । उहाँले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसक्नुभएको छ ।

प्राधिकरणमा विगत पाँच वर्षदेखि प्रवक्ताको रुपमा निर्देशक मिनप्रसाद अर्याल रहनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button