तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सिन्धुपाल्चोकका सवारी चालकहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा शिविर आयोजना गरी आँखा तथा स्वास्थ्य परिक्षण परिक्षण गरिएको जिल्ला

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी  उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले प्रहरीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा यस्तै अनुकरणीय कामका लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

प्रहरीद्वारा गरिएको उक्त कार्यक्रम आफूलाई निकै मन परेको मेलम्चीका स्थानीय जनकलाल श्रेष्ठले बताउनभयो । प्रहरी हाम्रो साथी भन्ने भावना जगाउनका लागि पनि यस कार्यक्रम गरिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

शिविर सँगै प्रहरीले गाडीको टायरमा हावा भए–नभएको, नटबोल्टहरु राम्रोसँग कसिए–नकसिएको, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको भए पनि चालकलाई सम्झाइबुझाई गर्ने कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button