तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा हात्तीको आक्रमणमा वृद्धको मृत्यु

जनकपुरधाम । धनुषामा हात्तीको आक्रमणमा परि एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मिथिला नगरपालिका वडा नंं ७ खप्तरी टोल बस्ने वर्ष ८० पद्मबहादुर खप्तरी मगर रहेको प्रहरीले जनाएको छ ।

गए राति ११ बजे घरमा सुतिरहेको बेलामा मगरलाई हात्तीले आक्रमण गरेको थियो । सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हात्तीको आक्रमणमा परेर मृत्यु भएका मगरको प्रादेशिक अस्पताल जनकपुरधाममा शव परीक्षण गरिएको छ ।

खप्तरी टोलमा पूर्वी दिशाबाट १ हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेको हात्तीले गाउँको दस वटा घरमा क्षति पुर्‍याएको छ । हात्ति जङ्गलमा रहेको र कुनै पनि वेला पुनः वस्तिमा आउने डरले स्थानीयबासी त्रसित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button