तपाईँ सुन्दै हुनुहुन्छः

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १३ जना पक्राउ 

बीरगंज । होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी बीरगंजमा मोटरसाइकल चलाउने १३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच होली पर्व मनाउने बहानामा मादक पदार्थ सेवन गरेर एउटै मोटरसाइकलमा ३ जना बसेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा मोटरसाइकलबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।
बीरगंज महानगरपालिका वडा नम्बर ३ पानीट्यकींका २० वर्षीय साहिल वर्णवाल मोटरसाइकलबाट खसेर  बेहोस भएको र उनलाई उपचारका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।
स्थानीय राहुल चौरसियाले चलाएको ना१७प ७८०९ नम्बरको मोटरसाइकलको पछाडि १९ वर्षीय नितिन साह र वर्णवाल बसेका थिए ।
वर्णवाल मोटरसाइकलबाट खसेपछि चालक चौरसिया, नितिन साहलाई प्रहरीले पक्राउ गरेको छ भने मोटरसाइकल नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button