तपाईँ सुन्दै हुनुहुन्छः

थारु कल्याणकारी सभासँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौं ।सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री राम बहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवृधि मन्त्री पार्वत गुरुङले थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रिय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको जानकारी दिनुभयो ।

उहाँले वार्ता टोलीमा गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनुभएकोे जानकारी दिनुभयो ।

 

नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलन (लाइभ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button