तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतबाट कोरोना बिरुद्धको खोप हस्तान्तरण

काठमाडौं। प्रधानमन्त्री के पी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहका बिच नेपालकालागि चीनका राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीलाई ८ लाख डोज कोरोना विरुद्धको खोप हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीले खोप सहयोगले कोभिड १९ विरुद्ध अगाडी बढ्न मद्दत पुगेको र जनताको जीवन पहिलो त्यसपछि मात्र अर्थतन्त्र भन्ने नीतिलाई आत्मसात् गरी नेपाल सरकार अगाडी बढिरहको बताउनुभयो ।

भारत र चीन दुवै देशबाट प्राप्त खोपहरु प्रभावकारी रहेकाले कुनेै किसिमको अन्यौलमा नपरी भ्याक्सिन लगाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले छिमेकी देशहरुको सहयोगले नेपालमा कोरोना विरुद्धको खोप अभियानलाई अगाडी बढाउन सहज भएको बताउनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले हाल देखिएको वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको र त्यसबारे छिट्टै नै निर्णय हुने पनि बताउनुभयो ।

समारोहमा नेपालकालागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको हरेक बिपत्तिमा चीनको सहयोग रहँदै आएको र कोरोना विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पाएकोमा चीन सरकारका तर्फबाट प्रसन्नता व्यक्त गर्नुभयो ।

राजदूत यान्छीले आगामी दिनमा चीन सकारका तर्फबाट यसप्रकारका सहयोगहरु निरन्तर भईरहने पनि बताउनुभयो ।समारोहमा परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button